सुर्खेतमा सवारी दुर्घटना : ११ महिनामा ३५ जनाको ज्यान गयो

 असार ३, २०७५ आइतबार १३:०:६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ३५ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षको  तुलनामा यस चालु आर्थिक वर्षमा सवारी दुुर्घटना बढेको छ । 

यस आर्थिक वर्षको ११ महिनामा ७० जना गम्भिर घाइते र २ सय ६० जना समान्य घाइते समेत भएका छन् । ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुुसार चालु आर्थिक वर्षको जेठसम्म ७८ वटा सवारी साधन दुर्घटना भएका छन् । अघिल्लो वर्ष १७ जनाले मात्र सवारी दुर्घटनाबाट ज्यान गुमाएका थिए भने ५१ वटा सवारी साधन दुर्घटनामा परेका थिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ महिनाको अवधिमा १२ हजार ८ सय २३ सवारी साधनलाई कार्वाही गरी ७६ लाख ४३ हजार पाँचसय राजश्व संकलन गरेको छ ।

साँघुरो र कच्ची सडक, सवारी चालकले ट्राफिक नियमको पालाना नगर्नु, भत्केका सडकहरुको मर्मत नहुँदा र फुटपाथ व्यवस्थापन नहुनेलगायतको समस्याले सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरिबहादुर बिसीले बताउनुभयो । ‘सुर्खेतमा पुराना सवारी साधन धेरै भएको कारण पनि दुर्घटना हुने गरेको छ । सवारी चालकले मादक प्रदार्थ सेवन गरेर सवारी चलाउने र जथाभावि रुपमा कच्ची सडक  खोल्नुले पनि दुर्घटना भइरहेको पाइन्छ’ प्रमुख बिसीले भन्नुभयो, ‘ट्राफिक व्यवस्थापनमा हामीले स्थानीय निकाय र सरोकारवालासँग छलफल गरिरहेका छौँ ।’  सबैले ट्राफिक नियमको पालना गरे दुर्घटना न्युनिकरण गर्न सकिने बताउनुभयो ।

उहाँले सुर्खेतमा सबैभन्दा अटो रिक्साको समस्या भएकाले बताउनुभयो । अटो रिक्साको नियमन गरिदिने निकाय नहुँदा जथाभावी रुपमा अटो रिक्सा चलाउने, लाइसेन्स नलिएर अटो चलाँदा दुर्घटना हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सुर्खेतमा ११ सय अटो रिक्सा रहेका छन् । उहाँले जनशक्तिको अभाव हुँदा पनि ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुभयो । जिल्ला भर २८ जना मात्र खटिएकोको उहाँको भनाइ छ । ‘ 
 

अन्तिम अपडेट: चैत १५, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया