बीपीएलमा सन्दीपको डेब्यू, ताहिर बेन्चमा

 पुस २२, २०७५ आइतबार १३:१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमिएर लिग (बीपीएल) मा डेब्यू गर्दैछन् । सिल्हेट सिक्सर्सको पहिलो खेल कोमिल्ला भिक्टोरियन्सविरुद्ध सन्दिप सुरुवाति ११ मा परेका छन ।

शेर ए बंगला राष्ट्रिय रंगशालामा कोमिल्लाले टस जितेपछि सन्दीपको टोली सिलेटले पहिले ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा सिल्हेट सिक्सर्सले १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ४६ रन बनाएको छ ।

अनुभवी बलर इमरान ताहिरलाई बेन्चमा राखेर सन्दीपलाई टिम ११ राखिएको हो । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा चार खेल खेलेर सन्दीप बंगलादेश आएका हुन् उनले अष्ट्रेलियामा चार खेलमा आठ विकेट लिएका थिए ।

यस्तो छ सिल्हेट सिक्सर्सको टिम ११

लिटन दास, डेभिड वार्नर, तौहिद हृदोय, अफिफ होसेन, सब्बिर रहमान, मोहम्मद इरफान, आलोक कपाली, ताक्सिन अहमद, निकोलस पूरन, सन्दीप लामिछाने
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया