भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग खोल्ने अनुमति

 असार ३, २०७५ आइतबार १३:५३:४९ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिएको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले अनुमति पाएका सबै उद्योगलाई एक हप्ता भित्र उद्योग दर्ता र २ हप्ता भित्र उद्योग निर्माणको काम थाल्ने गरी उद्योग स्थापना गर्न अनुमति दिइएको जानकारी दिनुभयो ।

ती उद्योगबाट एक वर्षभित्र उत्पादन सुरु हुने गरी काम अघि बढाइने उहाँले दाबी गर्नुभयो । तत्कालका लागि ५ हजार २ सय रोजगारी सृजना गर्ने लक्ष्य लिइएको भैरहवा विशेष आर्थिक क्षेत्रका लागि सरकारले आगामी आर्थिक वर्षमा ८ अर्ब बजेट छुट्याएको छ । सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रबाट लिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले उद्योग स्थापनाका लागि पूर्वाधारको विकासमा विशेष जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।अन्य ठूला उद्योग स्थापनाका लागि ठाउँको समेत अभाव हुने भएकाले भैरहवा विशेष आर्थिक क्षेत्रमा खाद्यान्न र प्लाष्टिक उद्योग स्थापना गर्नु उपयुक्त हुने नेपाल उद्योग परिसंघका अध्यक्ष डाक्टर हरिभक्त शर्माले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया