विदेशी कामदार भर्ती गर्न कतारले कम्पनी खोल्यो, तालिम पनि दिने

 पुस २२, २०७५ आइतबार १६:३:४८ | उज्यालो सहकर्मी

काठमाडौं – कतार सरकारले कामदार भर्ती गर्ने कम्पनी ‘वाइजा’ खोलेको छ । यो कम्पनी मार्फत कतारले विदेशी कामदार भर्ती गर्ने र रोजगारदातालाई कामदार उपलब्ध गराउने छ । 

कतार सरकारले स्थापना गरेको वाइजा कम्पनीले विदेशी कामदारको भर्तीसँगै तालिम दिने, कतारका विभिन्न रोजगारदातासम्म कामदार पठाउने र पुनर्वास कार्यक्रम सञ्चालन गर्नेछ ।

रोजगारदाताको चहाना अनुसार वाइजाले दक्ष घरेलु कामदार उपलब्ध गराउने बताएको छ । वाइजाले अस्थायी रुपमा रोजगारदातालाई घरेलु कामदार उपलब्ध गराउने छ । 

छिट्टै देशभित्र र बाहिर वाइजाका शाखा पनि खुल्ने कतारले जनाएको छ । घरेलु कामदारलाई पनि विभिन्न कार्यक्रम मार्फत तालिम दिने र दक्ष बनाएर मात्रै काममा पठाउने छ ।

वाइजालले तालिममार्फत कामदारलाई आधारभूत प्राविधिक ज्ञान, पेसागत सुरक्षा र आवश्यक सूचना दिइने कम्पनिका कार्यकारी निर्देशक हुसेन अली अल हाबाबीले बताउनुभएको छ । 

कतारी उद्योग तथा व्यापार मन्त्री अली विन अहमिद अल कुवारीको निर्णयमा पुस १८ देखि सञ्चालनमा आएको यो कम्पनीको ५८ मिलियन रियाल पुँजी छ । कतारी नागरिकको मात्रै लगानी रहेको वाइजामा नियन्त्रण र व्यवस्थापन भने कतार सरकारको नै हुनेछ । यो कम्पनीले दर्ता भएको मितिदेखि ५० वर्षसम्म काम गर्नेछ । 

कतारका अरु कामदार भर्ती गर्ने कम्पनीले वाइजाको भूमिकाबारे प्रश्न गर्दै सरकारी कम्पनीसँग आफूहरुले प्रतिस्पर्धा नगर्ने बताएका छन् । तर आफ्नो देशमा विदेशी कामदारको भर्ती गर्न समन्वय गरेर अघि बढ्ने उनीहरुको भनाई छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया