अब इलाका प्रशासन कार्यालय दिङ्गलाबाटै राहदानी

 पुस २२, २०७५ आइतबार १६:४३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – इलाका प्रशासन कार्यालय दिङ्गलाले राहदानी (पासपोर्ट) को सम्पूर्ण सेवा दिन थालेको छ ।

प्रशासनले पुस १६ गतेबाट राहदानीको फर्म संकलन गर्न थालेको इलाका प्रशासन कार्यालय दिङ्गलाका प्रमुख विजय राईले बताउनुभयो । यसअघि राहदानी लिनेदिने सेवा जिल्ला प्रशासन कार्यालय भोजपुरबाट मात्र हुँदै आएकोमा थियो । फर्म भरेको १ महिनादेखि ३५ दिनसम्ममा सेवाग्राहीले इलाका प्रशासन कार्यालयबाट राहदानी पाउने प्रमुख राईले बताउनुभयो ।

द्रुत सेवाको लागि भने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा प्रक्रिया पुर्‍याएर पराष्ट्र मन्त्रालयको राहदानी विभागमा जाँदा १ दिनमै राहदानी पाइने छ । त्यस्तै दु्रत सेवावाट राहदानीको लागि १ दिनमा लिन १५ हजार, २ दिनमा लिन १२ हजार र ३ दिनभित्र लिनको लागि १० हजार शुल्क लाग्नेछ ।

राहदानी हराएर वा च्यातिए, बिग्रिएर प्रतिलिपि लिनुपरेमा थप ५ हजार लाग्ने प्रमुख राईले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया