कांग्रेसको विरोधपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित

 पुस २२, २०७५ आइतबार १७:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाको बैठक आगामी बुधबार बस्नेगरी स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकका दिनु भएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रश्न गर्न माग गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक बस्दै नबसी बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयमा टाँस गरिएको सूचनामा प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइएको छ । प्रधानमन्त्री ओलीको वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्ने भन्दै नेपाली कांग्रेसका सांसदहरुले रोष्टम अघि उभिएर नाराबाजी गरेका थिए । सभामुख कृष्णबहादुर महराले आफूले अनुमति दिएपछि मात्रै प्रश्न गर्न पाउने भनेपछि बैठकमा विरोध भएको थियो ।

यसैबीच, नेपाली कांग्रेसले प्रधानमन्त्रीको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया