हुम्लामा हवाई सेवा ठप्प, हिमपातले जनजीवन कष्टकर

 पुस २२, २०७५ आइतबार २०:६:५६ | रासस
unn.prixa.net

फाइल तस्बिर

हुम्ला – शनिबारदेखि हिमपात हुँदा हुम्लामा हवाई सेवा ठप्प भएको छ ।

लगातार हिउँ परेपछि उडान अवरुद्ध छ । हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि लगातार हिँउ परिरहेको स्थानीयवासी लोकेन्द्र बोहराले बताउनुभयो । एक मात्र यातायात सेवाका रुपमा रहेको हवाई सेवा बन्द हुँदा यात्रु मारमा परेका छन् ।

हिउँ परेपछि कर्मचारी तथा स्थानीयवासी आगो तापेर बस्न बाध्य छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा विभिन्न कामकाजले आउने सेवाग्राहीको चाप ह्वात्तै घटेको छ ।

उत्तरी हुम्लाका चाला, मुचु, यारी, नारा, न्यालु, लिमी, जाङग, हल्जीलगायत गाउँमा अत्यधिक हिमपात भएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया