रैना तीन वर्षपछि फर्किए एकदिवसीय क्रिकेटमा

 असार ३, २०७५ आइतबार १५:२९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय ब्याट्स्म्यान सुरेश रैना ३ वर्षपछि राष्ट्रिय टिममा फर्किएका छन् ।

इंग्ल्याण्डसँग हुन लागेको एकदिवसीय खेलका लागि उनी राष्ट्रिय टिममा परेका हुन् । अम्बाती रायडु फिटनेसमा असफल भएपछि रैनाले उनलाई प्रतिस्थापन गरेका हुन् ।

रैना सन् २०१५ को अक्टोबरदेखि राष्ट्रिय टिममा परेका थिएनन् । त्यतिबेला दक्षिण अफ्रिकासँगको एकदिवसीय सिरिजमा खराब प्रदर्शन गरेपछि उनी टोलीबाट आउट भएका थिए । तर, ट्वाण्टी ट्वाण्टी खेलमा भने रैना यथावत थिए ।

भारतले इंग्ल्याण्डसँग यही जुलाइ १२ देखि १७ तारिससम्म तीनवटा एकदिवसीय क्रिकेट खेल्दैछ । रैनाले राष्ट्रिय टिमबाट पछिल्ला ८ वटा ट्वेण्टी ट्वेण्टी क्रिकेटमा १७० रन मात्र जोड्न सकेका छन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया