हिउँले ढाक्यो जुम्ला

 पुस २३, २०७५ सोमबार १०:३८:५३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – आइतबार रातिदेखि भैरहेको हिमपातका कारण जुम्लाको जनजीवन प्रभावित भएको छ । जुम्लामा अहिले आधा फिटसम्म हिउँ जमेको छ । हिउँ परेपछि मानिसहरु हिउँ खेलेर रमाइरहेका पनि छन् । 


 
हिमपात भएपछि यातायात सेवा पनि प्रभावित भएको छ । कर्णाली राजमार्गमा सञ्चालन हुने गाडिहरु रोकिएका छन् । 

यस्तै जुम्लामा हवाइजहाज बस्न सम्भावना छैन । हिमपात भैरहेकाले सरकारी कार्यालयहरुको कामसमेत प्रभावित भएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया