१० किलो २२ ग्राम चरेससहित भारतीय नागरिक पक्राउ

 पुस २३, २०७५ सोमबार ११:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – प्रहरीले १० किलो २२ ग्राम लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर थानाशोहरतगढग्राम चेतरा बस्ने २७ वर्षीय मुकेश चौरसिया रहेका छन् । पक्राउ परेका चौरसियाबाट ११ ग्राम ब्राउन सुगरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

कृष्णनगरबाट गोरुसिंगेतर्फ आउँदै गरेको यूपी ५५ आर ७५२० नम्बरको मोटरसाइकलमा सवार चौरसियालाई पूर्व पश्चिम राजमार्गको बुद्धभूमि नगरपालिका–२ मा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

पक्राउ गरिएका चौरसियाविरुद्ध लागू औषध ओसारपसार अन्तर्गत मुद्धा चलाइएको प्रहरी नायब उपरीक्षक रावलले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया