न्याय नपाएकाे भन्दै एक महिलाले गरिन् आत्महत्या

 पुस २३, २०७५ सोमबार ११:४५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – गोदावरी नगरपालिकामा न्याए नपाएको भन्दै महिलाले आत्महत्या गरेकी छिन् । भासु भिरमा सडक बनाउने क्रममा रोलरले च्यापेर ज्यान गुमाएका श्रीमानले न्याय नपाएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने भागिरथी विकले आत्महत्या गरेकी हुन् ।

उनले चुरे गाउँपालिका वडा नम्बर ५ मा श्रीमानको निधन भएको ठाउँमा आत्महत्या गरेको स्थानीयले बताएक छन् । आत्महत्या कहिले गरेको हो भन्ने जानकारी नभए पनि आइतबार मात्र विकको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

भासु भिरमा झुण्डिएको अवस्थामा रहेको शवलाई इलाका प्रहरी कार्यालय फल्टुडेले निकाल्न नसकेपछि सशस्त्र प्रहरीलाई खबर गरेका थिए । शव निकाल्न बाहिनी मुख्यालय कैलाली नम्बर ७ बाहिनी अत्तरीयाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक राजेन्द्र बहादुर कुँवरको नेतृत्वमा खटिएको टोलीले भिरबाट शव निकालेर आइतबार नै प्रहरीको जिम्मा लगाएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया