दुवईको जेलमा रहेका जोगीलाई तेह्रथुम मलेसिया सम्पर्क मञ्चको सहयोग

 पुस २३, २०७५ सोमबार १२:३:८ | उज्यालो सहकर्मी

सुनाखरी मगर/उज्यालो । 

मलेसिया – दुवईमा जेल जीवन बिताइरहेका तेह्रथुमका खड्गबहादुर जोगीलाई तेह्रथुम मलेसिया सम्पर्क मञ्चले सहयोग गरेको छ । 

फेदाप गाउँपालिका–२ का जोगीले चलाएको गाडीबाट खसेर उहाँसँगै काम गर्ने फिलिपिनी नागरिकको ज्यान गएपनि जोगी पाँच वर्षदेखि दुवईमा जेल जीवन बिताइरहनुभएको छ ।

अदालतले भने ती फिलिपिनी नागरिकको जोगीले चलाएको गाडीले ठक्कर दिँदा ज्यान गएको भन्दै साठी लाख रुपैयाँ ब्लड तिर्नुपर्ने फैसला सुनाएको छ । ब्लडमनी तिर्न नसके जोगीलाई मृत्युदण्ड हुने भन्दै तेह्रथुम मलेसिया सम्पर्क मञ्चका अध्यक्ष प्रेम सुब्बाले आफूहरुले दुई हप्तामा ४ लाख ७६ रुपैयाँ रकम सङ्कलन गरेर गोविन्द लिम्बुको नाम जम्मा गरेको जानकारी दिनुभयो । उहाँलाई बचाउन सहयोग गर्न मञ्चले सबैलाई आग्रह पनि गरेको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया