विद्यालयमा पढाउन छाडेर ‘राजनीति गर्ने शिक्षक’ पक्राउ

 पुस २३, २०७५ सोमबार १२:२५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पक्राउ गरेको छ । सल्लीबोट आधारभुत विद्यालय रोल्पा नपा–१ मा अध्यापन गराइरहेका शिक्षक केसीलाई प्रहरीले आइतबार विद्यालयबाटै पक्राउ गरेको हो ।

शिक्षक भएर पढाउने भन्दा राजनीति बढी गरेको र अरुलाई धम्क्याउँदै हिँडेको गुनासोका आधारमा सोधपुछका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक उदय महराका अनुसार विद्यालयमा पढाइरहेका शिक्षक केसीलाई सादा पोसाकमा आएका प्रहरीले सोधपुछ गर्नु छ भन्दै पक्राउ गरेका थिए । महराका अनुसार विद्यालय पोसाकमै शिक्षक केसीलाई गिरफ्तार गरिएको थियो ।

विप्लव निकट अखिल नेपाल शिक्षक सठन रोल्पाका अध्यक्ष प्रेम केसीले विद्यालयमा पढाउँदै गरेका शिक्षकलाई प्रहरीले पक्राउ गर्नु दुःखद भएको भन्दै बिना सर्त रिहाई नगरे आन्दोलन गर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • Raju

    Jan. 13, 2019, 11:01 a.m.

    अब विप्लबको राजनीति गर्ने मात्र राजनीतिको परिभाषामा राख्नु भएन नी सरकार ! गाउगाउमा नेकपा, कांग्रेस लगायतका शिक्षक संगठनकाहरु छन् उनीहरुले विद्यालयमा राजनीति गरेर विद्यालयको पठनपाठनको वातावरण नै धुमिल्याएका छन् अनि ती चाही केहि होइनन ? कारवाही गर्ने भए यी सबैलाई पनि कारवाही गर्नु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया