प्रदेश सभामुख र उपसभामुखका लागि करोडौं खर्चेर गाडी किनियो

 पुस २३, २०७५ सोमबार १३:५६:४२ | विमल बिष्ट

डोटी – सुदूरपश्चिम प्रदेशका सभामुख र उपसभामुखका लागि करोडौँ खर्चेर नयाँ गाडी खरिद गरिएको छ । 

प्रदेशसभा सचिवालयले एक करोड ४० लाख १० हजारमा सभामुख अर्जुनबहादुर थापा र उप सभामुख निर्मला जोशी बडालको लागि दुईवटा गाडी खरिद गरेको हो । प्रदेशसभा सचिवालयको लेखा शाखाका अनुसार सभामुख थापाका लागि ८४ लाख ४५ हजारमा र उपसभामुख बडालका लागि ५५ लाख ६५ हजारमा सुविधासम्पन्न गाडी खरिद गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका सभामुख र उपसभामुखका लागि खरिद गरिएका करोडौँ खर्चेर किनिएका गाडी 

त्यस्तै प्रदेशसभा सचिवालयका लागि पनि ५५ लाख ६५ हजारमा स्कारपियु गाडी खरिद गरिएको छ । तीनवटै गाडी खरिदमा एक करोड ९५ लाख ७५ हजार खर्च भएको लेखा शाखाले जनाएको छ । सभामुख अर्जुनबहादुर थापा तथा उपसभामुख निर्मला जोशीले यि गाडी किन्नु अघि प्रयोग गर्दै आएका गाडी बिग्रिएकाले मर्मत सम्भार भइरहेको बताइएको छ ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया