पोखरामा फुटबल स्टेडियम बन्ने पक्का

 पुस २३, २०७५ सोमबार १६:२८:५ | सुमन गुरुङ
unn.prixa.net

फाइल तस्बिर

कास्की – पोखरा रंगशालामा फुटबल स्टेडियम निर्माणको लागि सम्झौता भएको छ ।

अनलाइनमार्फत गरिएको टेण्डरमा भारतको ग्रेट स्पोर्टस् इन्फ्रा कम्पनी र नेपालको एमए कन्स्ट्रक्सन काठमाडौंसँग निर्माणको लागि सम्झौता भएको हो ।राष्ट्रिय खेलकुद परिषद्ले रंगशाला निर्माणका लागि २४ जेठमा अनलाइनमार्फत गरेको ग्लोबल टेन्डरमा चीनको सीएमई कम्पनी, नेपालको सीएबी कन्स्ट्रक्सन, भारतको ग्रेट स्पोर्टस् र नेपालकै एमए कन्स्ट्रक्सनले ज्वाइन्ट भेन्चरमा प्रस्ताव पेस गरेका थिए ।

प्रस्ताव पेस गरेकामध्ये भारतको इन्फ्रा र नेपालको एमए कन्स्ट्रक्सनसँग सम्झौता भएको परिषद्का पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख इञ्जिनियर अरुण उपाध्यायले जानकारी दिनुभयो ।   कम्पनीका पदाधिकारीहरु पोखरा रंगशाला आउने र स्थलगत अध्ययन गरी सकेपछी काम शुरु गर्नेछ । 

सम्झौताअनुसार रंगशालामा १६ हजार ५ सय सिट क्षमताको प्याराफिट, ८ लेनको ४ सय मिटर लामो ट्रयाक एन्ड फिल्ड हुनुपर्नेछ । निर्माण कम्पनीले जिम्मा लिएको ६ महिनाभित्र काम सम्पन्न गरी राखेपलाई हस्तान्तरण गर्नुपर्नेछ ।

यसैगरी शौचालाय, खेलाडी आराम कक्ष, भीआइपी कक्ष, मिडिया कक्ष, स्टोर रुमलगायत आधुनिक फलोर्ड लाइटसहितको स्कोर बोर्ड, डिस्प्ले बोर्डलगाययत पूर्वाधार समावेश हुनुपर्नेछ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया