छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

 पुस २३, २०७५ सोमबार १५:४९:१४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – छोरीलाई जबरजस्ती करणी गर्ने बुवालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । 

पुस १४ गते राति छोरीलाई जबरजस्ती करणी गरेकोले पीडितले सहन नसकी आफन्तलाई बताइदिने भनेपछि भोलिपल्ट छोरीलाई तातो कुँडो खन्याई ज्यान मार्ने प्रयाससमेत गरेकाले बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो । 

३५ वर्षीय आफ्नै बुवाले दुई वर्ष पहिलादेखि १२ वर्षीया छोरीलाई विभिन्न किसिमको यातना दिई जबरजस्ती करणी गर्दै आएको तथा अरु कसैलाई भनेमा ज्यान मार्ने भन्दै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको प्रवक्ता सिंहले बताउनुभयो ।

छोरी करणी गर्ने आफ्नै बुवालाई प्रहरीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि वढाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया