राष्ट्र निर्माणको अभियानमा सहभागी हुन कलाकारलाई मन्त्री बाँस्कोटाको अनुरोध

 पुस २३, २०७५ सोमबार १६:४७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कलाकारहरुलाई राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आह्वान गर्नु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बाँस्कोटाले नेपालको कला देशलाई धनी बनाउने आधार भएको उल्लेख गर्दै त्यस अभियानमा जुट्न कलाकारहरुलाई आह्वान गर्नु भएको हो ।

नेपाल कमर्सियल आर्टिष्ट संघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले कला क्षेत्रप्रति नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

कार्यक्रममा हेम–गंगा महिला कला प्रतिभा पुरस्कार मोरङकी सरोजा खड्गीलाई प्रदान गरिएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया