फोहोर उठाउने गाडीमा नवजात शिशुको शव भेटियो

 पुस २३, २०७५ सोमबार १९:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कास्की – पोखरामा फोहर उठाउने गाडीमा फालिएको नवजात शिशु (छोरा)को शव फेला परेको छ  ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङका अनुसार गाडीमा उठाएर ल्याइएको फोहर डम्पिङ साइटमा लगेर छुट्टयाउने क्रममा नवजात शिशुको शव तन्नाले बेरेको अवस्थामा फेला परेको हो ।

सोमबार पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाको अन्नपूर्णमार्ग र यज्ञशाला मार्गबाट फोहर उठाएर आएको गाडीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया