जर्सीमा ‘छक्का पञ्जा ३’ को टोली

 असार ३, २०७५ आइतबार १७:१९:३७ | उज्यालो सहकर्मी

काठमाडौं – दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा ३’को  धेरैजसो छायाकंन सकिएको छ ।

विशेष स्रोतकाअनुसार सिनेमामा समावेश दुईवटा गीतको छायाकंन बाहेकको छायाकंन लगभग सकिएको हो ।  सिनेमाको छायाकंन अन्तिम चरणमा पुगेको उपलक्ष्यमा छायाकंनमा रहेको ‘छक्का पञ्जा’ टिमले  ‘छक्का पञ्जा ३ को  जर्सीसहितको एक तस्बिर सामाजिक सञ्जालमा सेयर गरेको छ ।

विश्वकप फुटबलको अवसरमा विभिन्न देशको जर्सी लगाएर फुटबललाई समर्थन गरिरहेका दर्शकमाझ ‘छक्का पञ्जा’ टिमले आफ्नै  सिनेमाको नाम भएको जर्सी लगाएर सिनेमाको प्रचार गरेका छन् । सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै दीपाश्री निरौलाले क्याप्सनमा लेखेकी छिन्, ‘हाम्रो टिम... फाइनल, खेल दशैँमा ।’

पोखरा, तनहुँ, पर्वत, म्याग्दीलगायतका स्थानमा छायाकंन गरिएको यो सिनेमाको वैशाख २८ गतेदेखि छायाकंन शुरु गरिएको हो । यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ,  जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह,  किरण केसी,  शिवहरि पौडेल, जयनन्दलामा, अनुराग क्वँर,  शारदा गिरी,  बसन्त भट्ट, प्रियंका कार्की, संजोग कोइरालालगायतको अभियन रहेको छ ।

आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुती ‘छक्का पञ्जा ३’ काकार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा  सुमन गिरी भान्जा,  किरण कसी,  शिवहरि पौडेल, पुरुषोत्तम प्रधान,  तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने  छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको यस सिनेमामा कवि राजगहतराज र प्रविण सिंहको कोरियोग्राफी,  विजय बस्याल र सानथापा (टौवाक्रियशन)को पब्लिसिटी डिजाईन रहने छ । यस सिनेमालाई पुरुषोत्तम प्रधानको छायाकंन गरिरहेका छन् । । 

दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको सम्बाद रहेको यस सिनेमामा दीपकराज गिरीको कथा छ । 

उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया