भोजपुरमा ६ वर्षीया बालिका बलात्कृत

 पुस २४, २०७५ मंगलबार १३:५१:२३ | बुद्ध तामाङ

भोजपुर – जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा ६ वर्षीया बालिका बलात्कार गर्ने एक किशोर पक्राउ परेका छन् ।

षडानन्द नगरपालिका–१०, साङ्गपाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ जनाएको छ । 

बालिकालाई गएको पुस १३ गते करणी आरोपमा आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेवेले बताउनुभयो । 

पक्राउ परेका आरोपितलाई मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया