दाइजोको विषयमा रीताको हत्या भएको माइती पक्षको आरोप

 पुस २४, २०७५ मंगलबार १७:५९:५६ | बुद्ध तामाङ
unn.prixa.net

मृतक रीता श्रेष्ठ

भोजपुर – षडानन्द नगरपालिका–१२, देउरालीकी २८ वर्षीया रीता श्रेष्ठको  आत्महत्या नभई हत्या भएको पीडित पक्षले दाबी गरेका छन् । पीडित पक्षले घटना हेर्दा रस्ताको आत्महत्या नभई श्रीमानले हत्या गरेको दाबी गरेका हुन् ।

विवाहपछि दाइजोको विषयलाई लिएर पारिवारिक तथा मानसिक यातना दिने र श्रीमान राजकुमार श्रेष्ठले पटक–पटक कुटपिट गर्ने गरेको आरोप पीडित माइतीले आरोप लगाएका छन् । 

आत्महत्या गर्नुभन्दाअघि मोबाइलको विषयलाई लिएर रीतामाथि श्रीमानले कुटपिट गरेका थिए । आफूमाथि कुटपिट भएपछि रीताले विराटचोक बस्दै आएकी ठूली दिदी गोमा कार्कीलाई फोन गरेकी थिइन् । त्यही बेलुकी छिमेकीसहितको छलफलमा कान्छा छोरालाई साथमा राख्ने कुरा गरे पनि नदिएको फोनमा दिदीलाई सुनाएको मृतकका भाइ उमेश श्रेष्ठले बताउनुभयो ।

षडानन्द नगरपालिका ८, तुङ्गेछाका बलबहादुर श्रेष्ठ र ईश्वरमाया श्रेष्ठकी माइली छोरी रिताको राजकुमारसँग २०६४ सालमा विवाह भएको थियो ।

घटनाको अवस्था

रीता घरबाट पुस २२ गते दिउँसो १ बजेतिर करिब २० मिटरको दूरीमा एउटा सालको रुखमा झुण्डिएको अवस्थामा लास फेला परेको थियो । लास झुण्डिएको रुखको फेदमा मेटासिटको दुईवटा बोतलमध्ये एउटा खाली, अर्को नखोलिएको र एउटा कालो प्लास्टिकमा पोको पारेको मेटासिटकै बोतल फेला परेको जनाएको छ ।

प्रहरी के भन्छ ?

पीडित पक्षले मृतक रिताकी श्रीमान ३१ वर्षीय राजकुमार श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बताएको छ ।

जाहेरीका आधारमा श्रेष्ठविरुद्ध म्याद थप गरी घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेवेले बताउनुभयो । डीएसपी थेवेले पोष्टमार्टम रिपोर्ट नआइसकेकाले रिपोर्टपछि थप कुरा प्रस्ट हुने बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया