मनाङले उचाल्यो ए डिभिजन लिगको ट्रफी (फोटो फिचर)

 पुस २४, २०७५ मंगलबार १८:५२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

उपाधिका साथ मनाङको टिम

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगको उपाधि विजेता टिम मनाङ मर्स्याङ्दी क्लब अन्तिम खेलमा भने पराजित भएको छ । 

लिगको अन्तिम खेलमा उसले फ्रेन्ड्ससँग १–० को हार व्यहोर्यो । जसले गर्दा मनाङ लिगका सबै खेलमा शतप्रतिशत नतिजा निकालेर उपाधि जित्ने कीर्तिमान बनाउनबाट चुक्यो ।

उत्कृष्ट प्रशिक्षक - सुमन श्रेष्ठहारपछि मनाङले १३ खेलबाट ३६ अंक बनाउँदै लिग टुंग्याएको छ । साथै उसले लिग विजेताका हिसाबले एएफसी कपमा सहभागिता जनाउन पाउनेछ । यता फ्रेन्ड्सले तीन अंक जोड्दै बटम थ्रीबाट माथि उक्लन सफल भयो ।

थ्रीस्टारका रञ्जित धिमाल उत्कृष्ट डिफेन्डरको अवार्डका साथप्रतियोगिताको फेयर प्ले टिम ब्रिगेड ब्वाइज बन्यो । यस्तै उत्कृष्ट गोलकिपर मनाङका विशाल श्रेष्ठ बने भने उत्कृष्ट डिफेन्डर थ्रीस्टारका रञ्जित धिमाल बने । बेष्ट मिडफिल्डर मनाङकै हेमन गुरुङ ठहरिए भने उत्कृष्ट स्ट्राइकर आर्मीका भरत खवास बने । उनले लिगमा सात गोल गरेका थिए ।

 उत्कृष्ट स्ट्राइकर आर्मीका भरत खवास उत्कृष्ट प्रशिक्षक मनाङका सुमन श्रेष्ठ बने । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले एउटा पल्सर मोटरसाइकल र ५० हजार रुपैयाँ पाए ।

उदीयमान खेलाडीको उपाधि त्रिभूवन आर्मी क्लबका विकास खवासलाई यस्तै मणिविक्रम शाहको नाममा यो वर्षदेखि सुरू गरिएको उत्कृष्ट उदीयमान खेलाडीको उपाधि त्रिभूवन आर्मी क्लबका विकास खवास घोषित भए । उनले एक लाख नगद पुरस्कार पाए ।

लिगमा शीर्ष ६ टोलीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । लिगको विजेता मनाङले ५० लाख रुपैयाँ पुरस्कार पाएको छ ।

उत्कृष्ट गोलरक्षककाे उपाधिका साथ मनाङका विशाल श्रेष्ठदोस्रो स्थान सुरक्षित गरेको संकटाले ३५ लाख, तेस्रो भएको थ्रीस्टारले २५ लाख, चौथो भएको त्रिभुवन आर्मीले १५ लाख, पाँचौं भएको एपीएफले ७ लाख र छैटौं भएको नेपाल पुलिसले ५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

बेष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया