कालिकोटका आगलागी पीडितलाई राहत

 पुस २४, २०७५ मंगलबार १९:२१:५३ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – पलाँता –१, खाडाका आगलागी पीडितलाई २ लाख ४० हजार रुपैयाँ राहत रकम हस्तान्त्रण गरिएको छ । 

नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य धनजित शाही ‘आर्दश’, युवा संघ केन्द्रीय सदस्य वकीलबहादुर बम, नेकपा नेता सूर्यबहादुर शाही ‘सुधार’, आरआर क्याम्पस काठमाडौंका स्ववियू सदस्य शिव उपाध्याय, विष्णु रोकाया ‘इन्द्र’ र स्थानीय जनप्रतिनिधिले स्थानीय प्रशासनको रोहबरमा राहत रकम हस्तान्त्रण गरेका हुन् । 

काठमाडौंमा रहेका युवा नेता बमले काठमाडौंमा रहेका युवा विद्यार्थी र ठमेलमा रहेका व्यवसायीहरुबाट संकलन गरिएको राहत रकम आज आगलागी पीडितलाई हस्तान्तरण गर्नुभएको हो । 

राहत रकम २१ घरपरिवारलाई १० हजारका दरले दिइएको र २ घरपरिवारलाई १५ हजारका दरले दिएको वकीलबहादुर बमले बताउनुभयो । वास्तविक पीडित पहिचान गरी राहत रकम वितरण गरिएको युवा नेता बमको दाबी छ ।  
 

अन्तिम अपडेट: चैत २९, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया