यो वर्षको आईपीएल भारतमै हुने पक्का

 पुस २४, २०७५ मंगलबार २०:५२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

यस वर्षको इन्डियन प्रिमियर लिग(आईपीएल) भारतमै हुने पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) का अनुसार आईपीएल मार्च २३ देखि सुरु हुने सम्भावना रहेको छ । 

यसअघि आउँदो लोकसभा चुनावका कारण यो संस्करणको आईपीएल भारतबाहिर हुने बताइएको थियो । तर मंगलबार बीसीसीआईले यस वर्षको आईपीएल भारतमै हुने जानकारी दिएको छ ।

यसभन्दा पहिले भारतमा आम चुनाव भएकै कारण दुई पटक आईपीएल भारतबाहिर आयोजना गरिएको थियो । सन् २००९ मा दक्षिण अफ्रिका र सन् २०१४ मा यूएईमा आईपीएल आयोजना गरिएको थियो । 

आईपीएल २०१९ का खेलको पूरा विवरण भने सार्वजनिक भैसकेको छैन ।

 

सामान्यतया आईपीएल अप्रिलको पहिलो हप्ताबाट सुरु भएर मेको अन्तिम हप्तामा सकिन्थ्यो । तर यस वर्ष मे ३० तारिखदेखि जुलाई ४ तारिखसम्म इंग्ल्याण्डमा विश्व कप क्रिकेट आयोजना हुने भएकाले पनि आईपीएल अलि अगाडि सरेको हो । 
 

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया