साउदीमा मृत्युदण्ड पाएका उमेश यादवको विषयमा आएका समाचारप्रति दूतावासको ध्यानाकर्षण

 असार ३, २०७५ आइतबार १७:५८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पाकिस्तानमा रहेको नेपाली दूतावासले साउदी अरबमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवका विषयमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । 

पाकिस्तानी नागरिकको हत्या अभियोगमा साउदीको जेलमा रहेका यादवको परिवारसँग पाकिस्तानी नागरिकका परिवारले ७० लाख रुपैयाँ ब्लडमनी मागेको खबर सार्वजनिक भएको थियो । 

ब्लडमनी मागिएको र चार दिन भित्रमा ब्लडमनी नपाए यादवको टाउको काटिने भनेर समाचार सार्वजनिक भएको भन्दै दूतावासले यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

‘सुरूमा ७० लाख ब्लडमनी पाकिस्तानी परिवारले मांग गरेको र ब्लडमनी नपाए उमेश यादवको घाँटी ४ दिन भित्र काटिने जुन निराधार समाचार समप्रेशण भयो त्यसको मानसीक असर नेपालमा रहेको उमेशको परिवारलाई पर्‍यो । यसले पाकिस्तानी परिवारमा पनि गलतफहमी पैदा गर्याे’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘७० लाख ब्लड मनी र घांटी काट्ने जस्ता समाचार बजारमा १५ अप्रिल अथार्त उमेशलाई मृत्युदण्ड सुनाउनु भन्दा पहिला आएको थियो जबकि १५ अप्रिल भन्दा पहिला उमेशलाई कहिले पनि मृत्युदण्डको सजा भएकै छैन ।’

पाकिस्तानी परिवारले आफुहरूले सरोज रायसँग भेट हुनु अगाडी कहिले पनि ब्लडमनीको मांग नगरेको हुनाले यस्ता समाचार स्वाभिमानलाई चोट पुर्याएको भन्दै इस्लामावादमा रहेको नेपाल दुतावासलाई भ्रामक समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमलाई कारवाही गर्न माग गर्दै निवेदन दिएको पनि दूतावासले जनाएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया