हजुरआमाको हत्या गर्ने महिलालाई जन्मकैद

 पुस २५, २०७५ बुधबार १५:१७:२० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – हजुरआमाको हत्या गरेको अभियोगमा भोजपुरमा बुधबार एक महिलालाई जन्मकैदको फैसला सुनाइएको छ । 

टेम्केमैयुङ गाउँपालिका–९, लेखर्ककी २६ वर्षीया रिमा भनिने रेम कुमारी राईलाई हजुरआमा पर्ने ईश्वरमाया राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले जन्मकैद सजाय सुनाएको हो ।

रिमाले गत ०६९ साल असोज ६ गते हजुरआमा ईश्वरमायाको गहना चोरी गरी कुटपिट गर्ने क्रममा ढुङ्गाले टाउकोमा प्रहार गरेर हत्या गरेकी थिइन् । 
पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई असोज ७ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । 

अभियुक्त रिमालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ को उपदफा (३) बमोजिम जन्मकैद फैसला सुनाएको हो । ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया