बीपीएल: सन्दीपकाे विकेट लिन सकेनन्, तर टिमले जित्याे

 पुस २५, २०७५ बुधबार १५:४०:४१ | उज्यालो सहकर्मी

बंगलादेश प्रिमियर लिगमा चिटगाउँविरुद्धको खेलमा नेपाली बलर सन्दीप लामिछाने विकेटविहीन रहन पुगे ।

पहिलो खेलमा २ विकेट लिएका सन्दिपले आज किफायती बलिङ गरेपनि विकेट लिन सकेनन् । तर उनले महत्वपुर्ण खेलाडीलाई भने रनआउट गरे । चार ओभरमा सन्दिपले २१ रन दिए ।

टिमको सातौं तथा ब्यक्तिगत पहिलो ओभरमा ४ रन दिए । उनले पहिलो बलमा २ रन दिए भने दोस्रो बल डट राखे । तेस्रो बलमा उनले मात्र १ रन दिए । त्यसपछि चौथो बलमा फेरी उनले डर राखे । पाँचौ बलमा पनि उनले ब्याट्सम्यानलाई रन दिन दिएनन । अन्तिम बलमा एक दिन दिदा सन्दिपले पहिलो ओभरमा मात्र ४ रन खर्चिए । तर उनले फिल्डिङमा भने उत्कृष्ट रनआउट गर्न सफल भए । पोइन्टमा रहेको सन्दिपले ३८ रनमा खेलिरहेका क्यामरुन डेलपोर्टलाई डाइरेक्ट हिट गरेर रनआउट गरे ।

त्यसपछि ब्यक्तिगत दोस्रो ओभरमा सन्दिपले मात्र तीन रन दिए । उनले पहिलो बलमा सन्दिपले ब्याट्सम्यानलाई विट गरेभने दोस्रो बलमा उनले क्रिजमा रहेको मोसादिक हुसेनलाई एबीडब्लु अपिल गरेका थिए । जसमा थर्ड अम्पायरले खारेज गरे । तेस्रो बलपनि उनले डट राख्न सफल भए भने अर्को बलपनि ब्याट्सम्यानले डट खेले । अन्तिम बलमा उनले एक रन दिए ।

त्यसपछि तेस्रो ओभरमा पनि उनले ५ रन दिए । उनको सुरुवाती २ बलमा सिकन्दर राजाले दुई रन लिए । त्यसपछि तेस्रो बल डट राखेका सन्दिपले पाँचौ र छैटौ बलमा दुई रन दिए ।

ब्यक्तिगत चौथो ओभरको पहिलो बलमा सन्दिपको बलमा फ्रेलिंकले एक रन लिए भने अर्को बलमा सिकन्दर राजाले एक रन जोडे । तेस्रो बलमा पनि उनले एक रन खर्चिए । चौथो र पाँचौ बलमा एक एक रन दिएका सन्दिपले अन्तिम बलमा चौका खाए । जसका कारण उनले अन्तिम ओभरमा ९ रन दिन पुगे । 

टस जितेर पहिले ब्याटिङ‍ गर्दै ५ विकेटकाे क्षतिमा १६८ रन बनाएकाे सन्दीपकाे टिम सिलेटले दिएकाे १६९ रनकाे लक्ष्य पछ्याउने क्रममा चिटगाउँ भाइकिंग्सले २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रनमात्र बनाउन सकेपछि सिलेट सिक्सर्स ५ रनले विजयी भयाे । 

दुई खेल खेलेकाे सिलेट सिक्सर्सकाे याे पहिलाे जित हाे ।


 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया