चीनले भारतसँगको सीमामा राख्यो होवित्जर तोप

 पुस २५, २०७५ बुधबार १५:४७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनले भारतसँग सीमा जोडिएको तिब्बतमा मोबाइल होवित्जर तोप राखेको छ । 

चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सका अनुसार भारतसँगको सीमामा रहेका आफ्ना सैनिकको युद्ध क्षमता सुधार्न होवित्जर तोपका गाडी राखिएको हो । 

चिनियाँ जनमुक्ति सेना(पीएलए)ले पनि एक विज्ञप्ति जारी गर्दै यी युद्धपोतहरु तिब्बत मिलिटरी कमाण्डले प्रयोग गर्नेछ । यो तोप एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिने पीएलएले जनाएको छ । 

चिनियाँ सीमामा अझै पनि विवाद रहेको र विभिन्न चरमपन्थी समूहसँग सामना गर्न आफ्नो युद्ध क्षमता बढाएको पीएलएले जनाएको छ । चीनले भारतसँगको सीमा क्षेत्रमा लामो दूरीसम्म प्रहार गर्न सक्ने तोपहरु राखेको छ । 

तिब्बतमा हाई अल्टिच्यूडका कारण आफ्ना सैनिकहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै पीएलएले मनोबल र इच्छाशक्ति बढाउने खालका विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सीमा विवादकै कारण विभिन्न समयमा भारत–चीनबीच कुटनीतिक समस्या आउने गरेको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया