गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
विश्वकप फुटबल अन्तर्गत जारी समूह सी को कोष्टारिका र सर्वियाबीचको खेल मध्यान्तरसम्म गोलरहित बराबरीमा टुंगिएको छ ।
मध्यान्तरसम्म कोष्टारिकाले एउटा पहेंलो कार्ड पाएको छ भने सर्वियाले कुनै पनि कार्ड पाएको छैन । कोष्टारिकाका फ्रान्सिस्को क्याल्भोले २२ औं मिनेटमा पहेंलो कार्ड पाएका हुन् ।
कोष्टारिकाले ११ ओटा फाउल खेलेको छ भने सर्वियाको फाउल संख्या ५ मात्र छ । बल नियन्त्रणका हिसाबले पनि सर्विया नै हावी छ । उसको नियन्त्रण ६२ प्रतिशत छ भने कोष्टारिकाकाे ३८ प्रतिशत मात्र छ ।
मध्यान्तरसम्म कोष्टारिकाले ३ र सर्वियाले २ अाेटा कर्नर किक पाएका छन् तर दुवैले कर्नर किकलाई गोलमा परिणत गर्न भने सकेनन् ।
सर्वियाले दुर्इपटक अफसाइड गरेको छ भने कोष्टारिकाले एकपटक पनि अफसाइड खेलेको छैन ।