म्यानचेस्टर सिटीले गर्‍याे एकै खेलमा ९ गोल

 पुस २६, २०७५ बिहिबार ७:२६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यान्चेस्टर सिटी इंग्लिस लिग कप फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।

घरेलु मैदान इथिहाड रंगशालामा सिटीले उत्कृष्ट आक्रामक फुटबलको नमूना प्रस्तुत गर्दा लिग कप सेमिफाइनलको पहिलो लेगमा बुर्टोन अल्बायोनमाथि ९–० गोलको फराकिलो जित निकालेको छ ।

गाव्रियल जेससले चार, केभि डिब्रुयेन, ओलेक्जान्दर जिन्चेन्को, फिल फोडेन, केल वाल्कर र रियाद मेहेरेजले गोल गरेपछि तेस्रो डिभिजनको इंग्लिस टोलीले फराकिलो हार ब्यहोर्न बाध्य भयो ।

सिटीले पहिलो हाफमा चार र दोस्रो हाफमा पाँच गोल गरेको हो । पहिलो हाफमा जेससले २ गोल गर्दा डीब्रुयेन र जिन्चेन्कोले एक–एक गोल गरेका थिए ।

३१ वर्षपछि सिटीले यति फराकिलो जित निकालेको हो । सन् १९८७ को नोभेम्बरमा उसले दोस्रो डिभिजनको लिगमा हडर्सफिल्ट टाउनमाथि १०–० गोलको जित निकालेको थियो ।

साथै सिटीले चार दिनमा विपक्षीको पोष्टमा १६ गोल गरेको छ । सोमबार मात्रै उसले एफए कप तेस्रो चरणमा रोथरह्याम युनाइटेडलाई ७(० गोलले हराएको थियो ।

औपचारिकताका लागि मात्रै हुने दोस्रो लेग बुर्टोनको घरेलु मैदानमा पिरेल्ली रंगशालामा जनवरी २३ मा हुनेछ । लिग कपको फाइनल फेब्रुअरी २४ मा वेम्वली रंगशालामा हुनेछ ।

यसअघि मंगलबार राति भएको अर्को सेमिफाइनल पहिलो लेगमा टोटनह्यामले चेल्सीलाई १–० गोलअन्तरले पराजित गरेको थियो । 

 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया