फ्रेन्च लिग वानमा पीएसजीको हार

 पुस २६, २०७५ बिहिबार ७:३८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

साविक विजेता पेरिस सेन्ट जर्मेइनले फ्रेन्च लिग कप फुटबलको क्वाटरफाइनलमा अप्रत्यासित पराजय ब्यहोरेको छ ।

फ्रेन्च लिग वानमा अपराजित रहेको पीएसजीले नकआउट प्रतियोगितामा भने लिगको अन्तिम स्थानमा  रहेको गुइनग्याम्पसँग २–१ गोलअन्तरले पराजित हुन पुग्यो ।

लिग वानमा रेलिगेसनबाट बच्न संघर्षरत गुइनग्याम्पले पीएसजीलाई उसकै मैदानमा अप्रत्यासित रुपमा हराउँदा दुवै गोल पेनाल्टीमा गरेको हो ।

पछिल्लो पाँच सिजन लगातार उपाधि जितेको पीएसजीका लागि नेइमारले ६२ औं मिनेटमा गोल गरी अग्रता लिएका थिए । तर, येनी बाकोटोले ८१औं मिनेटमा र मार्कस थुरमले इन्ज्यूरी समयमा गोल गरी टिमलाई शानदार जित दिलाए ।

फ्रान्सका महान फुटबलर लिलियन थुरमका छोरा मार्कसले ६१औं मिनेटमा एउटा पेनाल्टीको अवसरमा चुक्न पुगेका थिए ।

यता लिग वानमा रेलिगेसन जोनमै रहेको थिएरी हेनरी प्रशिक्षित टोली मोनाको भने सेमिफाइनलमा पुगेको छ ।

रेन्नेसलाई पेनाल्टी शुटआउटमा ८–७ गोलअन्तरले हराउँदै मोनाको अन्तिम चारमा पुगेको हो । यसअघि नियमित र अतिरिक्त समयमा खेल एक–एक गोलको बराबरीमा सकिएको थियो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया