घाेराही कारागारमा एक थुनुवाकाे मृत्यु

 पुस २६, २०७५ बिहिबार ७:४९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङमा एक थुनुवा व्यक्तिको ज्यान गएको छ । जबरजस्ती करणी उद्योग मुद्धामा पूर्पक्षका लागि घोराही कारागारमा रहेका बगंलाचुली-६ निवासी ५५ वर्षीय तिलबहादुर महराको ज्यान गएको छ । 

बुधबार राति एक्कासी बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

उनलाई हातखुट्टा सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएकाे थियाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया