भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
स्पेनिस युवा स्टार ब्राहिम डियाजले डेब्यू गरेको खेलमा स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत प्रिक्वाटरफाइनल चरणको पहिलो लेगमा रियल मड्रिडले लेगानेसलाई ३–० गोलले पराजित गरेको छ ।
इंग्लिस क्लब म्यान्चेस्टर सिटीबाट गएको सातामात्रै १५ मिलियन पाउन्डमा रियलमा अनुबन्ध भएका १९ वर्षीय डियाजले रियलका लागि ७८औं मिनेटमा डेब्यू गरे । उनले भिनिसियस जुनियरलाई प्रतिस्थापन गरेका हुन्, जसले ७७औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए ।
सर्जियो रामोसले पेनाल्टीमार्फत आफ्नो करिअरको सयौं गोल गरेपछि पहिलो हाफमा रियलले १–० को अग्रता लिएको थियो । ६८ औं मिनेटमा लुकास भाज्क्वेजले अर्को गोल थपे ।
दोस्रो लेग अर्को साता लेगानेसको घरेलु मैदानमा हुनेछ । अन्य खेलमा एट्लेटिको मड्रिडले गेटाफेसँग एक एक गोलको बराबरी खेलेको छ भने भ्यालेन्सिया स्पोर्टिंग गिजोनसँग २–१ गोलले पराजित भएको छ ।