समाचार प्रभाव : ५५ विद्यार्थीलाई न्यानो कपडा र कम्बल वितरण

 पुस २६, २०७५ बिहिबार ८:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – खानेकुराको अभावसँगै कपडा र जुत्ताबिनै खाली खुट्टा विद्यालय जान बाध्य दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका २ को बागेश्वरी आधारभुत विद्यालयका ५५ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । 

खाजाको लागि भोकै विद्यालय, विद्यालयको हालत पनि उस्तै शीर्षकमा पुस ३ गते उज्यालो अनलाइनमा समाचार प्रकाशन भएपछि चेपाङ बालबालिकालाई सहयोग उपलब्ध गराइएको हो । 

उनीहरुलाई स्वीटर, ट्रयाकसुट सेट, टोपी, पञ्जा, जुत्ता मोजा, कापीसहित स्टेशनरी सामग्री र कम्बल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बुद्धिमायाँ तामाङले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न सामाग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष टंक थापा र कपडा र स्टेसनरी उपलब्ध गराउने दाताहरु सहभागी भएका थिए । 

विद्यालयको अवस्था सुधार नभएको, गाउँबासी भोकमरीमा परेका कारण भोकभोकै विद्याथी विद्यालय जाने जस्ता कुरा उल्लेख गरि समाचार प्रकाशन भएपछि यही आधारमा व्यक्तिगत रुपमा सहयोग संकलन गरि उनीहरुलाई सहयोग उपलब्ध गराइएको सहयोग संकलन अभियानका अगुवा शिक्षाविद् डा. सदानन्द कँडेलले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया