प्वालैप्वाल परेको आयल निगमलाई मन्त्री भएपछि टालेँ : मन्त्री यादव

 पुस २६, २०७५ बिहिबार १५:१६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगम र चिनी उद्योगीहरुले आफूलाई धेरै सताएको बताउनु भएको छ । 

मन्त्री यादवले चिनी उद्योगीहरुसँग आफूले कमिसन लिएको भन्दै हुँदै नभएको आरोपसमेत खेप्नु परेको गुनासो पनि गर्नुभयो ।

बिहीबार नेपाल आयल निगमको ४८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले विगतमा सरकार नै नभएजस्तो जतातलै प्वालैप्वाल परेको निगमलाई आफूले मन्त्री भएपछि टालेको दाबी पनि गर्नुभयो । मन्त्री यादवले निगममा चुहावट नियन्त्रण गर्न आफू सफल भएको उल्लेख गर्दै निगमको समग्र सुधारका लागि नयाँ नेतृत्व नियुक्त गर्नु परेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री यादवले विगतमा मन्त्री, सचिवहरु आफैले निगममाथि लुट मच्याएको आरोप पनि लगाउनुभयो ।
 

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया