र्इदकाे दिन अफगानिस्तानमा आत्मघाती विष्फोट, ४६ जनाको ज्यान गयो

 असार ३, २०७५ आइतबार २०:४:५७ | एजेन्सी

पूर्वी अफगानिस्तानको जलालाबाद शहरमा आइतबार भएका दुईवटा आत्मघाती बम विष्फोटमा ४६ जनाको ज्यान गएको छ । विष्फोटमा ६५ जनाभन्दा बढी घाइते भएका छन् ।

जलालाबादबाट २५ किलोमिटर टाढाको रोदात जिल्लामा भएको विष्फोटमा ३६ जनाको ज्यान जानुका साथै ६५ जनाभन्दा धेरै घाइते भएका नङगरहार प्रदेशका गभर्नरका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले जानकारी दिएका छन् ।

ज्यान गुमाउनेमा तालिबानी लडाकू, अफगानी सेना र सर्वसाधारण छन् । 

जलालाबादमै दोस्रो आत्मघाती बम विष्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । 

इश्लाम धर्माबलम्बीको पबित्र रमादान पर्व समाप्त हुने इद उल फित्रको दोस्रो दिनको पर्व मनाइरहँदा आत्मघाती विष्फोट गराइएको हो । 

पहिलो विष्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको छ । दोश्रो विष्फोटको जिम्मा अहिलेसम्म कसैले नलिएको अन्तराष्ट्रिय समाचार सँस्थाहरुले जनाएका छन् ।

पहिलो विष्फोट लगत्तै अफगानी राष्ट्रपति अश्रफ घानीले युद्धविरामको म्याद थप गर्नुभएको थियो । 

-एजेन्सी
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया