ऋतिक रोशनको आज ४५औं जन्मदिन : पूर्वपत्नीले ‘सोल मेट ’ भन्दै शुभकामना दिइन्

 पुस २६, २०७५ बिहिबार १५:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

२०१८ का संसारकै सर्वाधिक सुन्दर अभिनेताहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल बलिउड अभिनेता ऋतिक रोशनको आज ४५औं जन्मदिन हो । 

उनको जन्मदिनको अवसरमा सामाजिक संजालहरुमा बलिउडकर्मी तथा उनका प्रशंसकहरुले शुभकामना दिइरहेका छन् । यसैबीच ऋतिक रोेशनकी पूर्व पत्नी सुज्यान खानले पनि ऋतिकलाई जन्म दिनको शुभकामना दिएकी छिन् । विवाह गरेको १४ वर्षपछि ऋतिककी पत्नीले सन् २०१४ मा ऋतिकलाई डिभोर्स दिइकी थिइन् । 

अहिले तिनै सुज्यान खानले ऋतिकलाई सोल मेट भन्दै जन्मदिनको शुभकामना दिएपछि यी दुवैबीचको सम्बन्धको फेरि चर्चा भइरहेको छ ।

 ऋतिककी पूर्वपत्नी सुज्यानले ऋतिकलाई सोलमेट भन्दै उनको इन्स्टाग्राम अकाउन्टमा ऋतिकसँगका तस्बिरसहित लेखेकी छिन्, ‘संसारभरिकै मेरो मिल्ने साथीलाई जन्मदिनको शुभकामना ।’ 

सुज्यानले ऋतिकलाई आफ्नो मिल्ने साथी र आफ्ना २ छोराको लागि संसारकै उत्तम पिता रहेको पनि लेखेकी छिन् ।  

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Sussanne Khan (@suzkr) on

 

सन २००० मा विवाह गरेका ऋतिक र सुज्यानले २०१४ मा सम्बन्ध बिच्छेद गरे पनि पछिल्लो केही वर्षदेखि फेरि यो जोडी नजिकिएको छ । ऋतिक र सुज्यान धेरै पटक आफ्ना २ छोराहरुसँग विभिन्न ठाउँमा घुम्न जाने त कहिले सुज्यान र ऋतिक एकसाथ डिनर डेटमा जाने गर्छन् । 

केही दिनअघि सार्वजनिक खबरहरुमा यो जोडीले फेरि एकअर्कासँग विवाह गर्न सक्ने पनि बताइएको थियो । 

ऋतिक र सुज्यान खानबीचको सम्बन्ध विच्छेदको कारण अभिनेता अर्जुन रामपाललाई बताइएको थियो । सुज्यान खान ऋतिककै मिल्ने साथी अर्जुन रामपालको प्रेममा परे पछि ऋतिकसँग सम्बन्ध विच्छेद गरेको पनि खबर सार्र्वजनिक भएका थिए । 

यी अभिनेतृहरुसँग डेट गरिसकेका छन् ऋतिकले

करीना कपूर

सन् २००० को सुपरहिट फिल्म ‘कहो ना प्यार हे’ को क्रममा अभिनेता करीना कपूर र ऋतिक रोशन एकअर्काको नजिक भएका थिए । त्यस समयमा फिल्म ‘कहो ना प्यार हे’ मा अभिनेतृको रुपमा करीना कपूरलाई साइन गर्ने चर्चा थियो । 

त्यसबेला ऋतिक र करीना एकअर्काको प्रेममा परेका थिए तर पछि अभिनेत्री अमिशा पटेललाई साइन गरियो । खबरहरुका अनुसार एकै समयमा अभिनेत्री करीना कपूर र उनकी पूर्वपत्नी सुज्यान खानसँग एकसाथ डेट गरिरहेका थिए । 

बारबारा मोरी



विवाहपछि पनि ऋतिकको नाम कैयाैं अभिनेतृहरुसँग जोडियो । सन् २०१० मा प्रदर्शन भएको फिल्म ‘काइट्स’ को छायांकनको क्रममा त्यसै फिल्मकी अभिनेत्री बारबरा मोरी र ऋतिक रोशन नजिकिएका थिए । 

ऋतिक र बारबराबीचको प्रेमसम्बन्धको चर्चा यति चुलियो कि यसको असर उनको वैैवाहिक जीवनमा समेत पर्‍यो । ऋतिक र सुज्यानबीच त्यसैबेला देखि खटपट सुरु भएको थियो । 

कंगना रनाउत

बलिउड फिल्म उद्योगमा सर्वाधिक चर्चामा आएको सम्बन्ध हो ऋतिक र कंगना रनाउत बीचको । यी दुवैबीचको प्रेम सम्बन्ध र ब्रेकअपको खबरहरु लामो समयसम्म हेडलाइन बनेरै भारतीय मिडियामा छाएका थिए । 

फिल्म ‘कृश ३’ को छायांकनको क्रममा प्रेमसम्बन्धमा रहेको यो जोडीको सम्बन्ध पनि लामो समय टिक्न सकेन । ब्रेकअपपछि कंगनाले ऋतिकलाई मिडियासँगको कुराकानी मा ‘सिल्ली एक्स’ भनेपछि ऋतिक र कंगनाबीच लफडा भएको थियो । पछि यी दुईबीचको सम्बन्ध यतिसम्म खराब भयो कि उनीहरु अदालतसम्म पुगे । 

कट्रिना केफ

अभिनेत्री कट्रिना केफसँग ऋतिक रोशनको नाम जोडिएको थियो । फिल्म ‘ब्याङ्ग ब्याङ्ग’ को छायांकनको क्रममा कंगना ऋतिकको प्रेममा परेकी थिइन् । 

यी दुवैबीचको प्रेमको चर्चा पनि भयो तर यी दुवैले आफूबीचको प्रेम सम्बन्धलाई असल साथीबिचको सम्बन्ध भन्दै खण्डन गरे । 

तर सुज्यानसँगको सम्बन्ध विच्छेदपछि ऋतिक र कट्रिनाले केही समयसम्म गोप्यरुपमा एकअर्कासँग समय बिताउने गरेको बताइएको थियो । 
  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया