नेपालविरुद्धको एकदीवसीय र टी–२० क्रिकेटका लागि यूएईको टिम घोषणा

 पुस २६, २०७५ बिहिबार १५:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – नेपालविरुद्धको तीन एकदिवसीयका लागि संयुक्त अरब इमिरेट्स (यूएई)ले मोहम्मद नाभिदलाइ कप्तान चयन गरेको छ ।

यूएई क्रिकेट बोर्डले १६ सदस्यीय टोली घोषणा गर्दै नाभिदलाई कप्तान चयन गरेको हो ।

नियमित कप्तान रोहन मुस्तफा निलम्बनमा परेका बेला नाभिदले नेपालविरुद्ध कप्तानी गर्ने भएका छन् । मुस्तफा, अहमद राजा र रमीजशहजादलाई ८ साताको प्रतिबन्ध लगाइएको छ ।  उनीहरूलाई यूएईको बोर्डविरुद्ध बोलेको भन्दै निलम्बन गरिएको हो । जसका कारण तीनै खेलाडीले नेपालविरुद्धको सिरीज गुमाउने भएका छन् । 

नेपालले २५ जनवरीमा पहिलो, २६ मा दोस्रो र २८ जनवरीमा तेस्रो एकदिवसीय खेल खेल्दैछ । त्यसपछि ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म तीनवटा टी–२० खेल खेल्ने तय भइसकेको छ ।

जसका लागि नेपाली क्रिकेट टिमले तयारी सुरू गरिसकेको छ भने यूएईले क्याम्पमा राखिसकेको छ ।

यूएई टिम 

मोहम्मद नाविद (कप्तान),मोहम्मद उस्मान(उपकप्तान),जहूर खान, कदीर अहमद, फहद नवाज, अब्दुल शकूर, सुल्तान अहमद, सीपीरिजवान, चिराग सुरी, मोहम्मद बुटा, शमन अनवार, गुलाम शब्बर, इमरान हैदर, ताहिर मुगल, अमिर हयात
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया