खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तिप्रति प्रचण्डको असन्तुष्टि

 पुस २६, २०७५ बिहिबार १६:३७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । 

अध्यक्ष दाहालले खेलाडीहरुको अपेक्षा अनुसार ‘सही मानिस छनौट’ नगरिएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा भएको राजनीतिक नियुक्तिप्रति असन्तुष्टि जनाउनु भएको हो । अध्यक्ष दाहालले नेपालको खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

बिहीबार पाँचौं सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको काठमाडौंमा उद्घाटन गर्दै उहाँले विद्यालय तहदेखि नै कराते खेलको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न लागिपर्ने आश्वासन पनि दिनुभयो ।

स्वस्थ नागरिक र सृजनात्मक मुलुकका लागि पनि आफूले खेलकुद क्षेत्रको विकासमा जोड दिँदै आएको अध्यक्ष दाहालको भनाइ छ ।उहाँले आफूले सरकारको नेतृत्व लिएको बेला खेलकुद क्षेत्रको विकासमा लागि परेको दावी पनि गर्नुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया