माघ १ गते सुदूरपश्चिम प्रदेशमा पनि बिदा

 पुस २६, २०७५ बिहिबार १७:३४:५९ | निर्मला खडायत
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

यस्तै बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ  आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिनुभयो ।

कानुन मन्त्री शाहले माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको बताउनुभयो ।

यस्तै प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरिएको छ भने प्रादेशिक वातावरण संरक्षण व्यवस्थापन सम्बन्धीको विधेयक र प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापनसम्बन्धी विद्येयकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृति पनि प्रदान गरिएको सरकार प्रवक्ता शाहले बताउनुभयो ।    
 

अन्तिम अपडेट: चैत २३, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया