विश्वकप फुटबल : सर्वियाद्वारा कोष्टारिका १ शून्यले पराजित

 असार ३, २०७५ आइतबार २०:१०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल अन्तर्गत अाइतबारकाे पहिलाे खेलमा सर्वियाले कोष्टारिकासँग १ शून्यको जित हात पारेको छ ।

रुसको समरा र‌ंगशालामा भएको खेलको ५७ औं मिनेटमा अलेक्साण्डर कोलारोभले गोल गर्दै सर्वियालाई जिताएका हुन् । कोष्टारिकाका डेभिड गुजम्यानले फाउल गरेपछि रेफ्रिले उनलाई पहेंलो कार्ड देखाउँदै सर्वियालाई फ्रि किकको मौका दिएका थिए ।

कोलारोभले फ्रिकिकलाई गोलमा परिणत गरे ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निकै प्रयास गरेपनि गोल गर्न भने सकेनन् । समूह ई मै रहेका ब्राजिल र स्वीजरल्याण्डबीचको खेल आइतबार राति पौने १२ बजेपछि शुरु हुनेछ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया