मेरी कोमको छलाङ : बनिन् विश्वकै नम्बर वान महिला बक्सर

 पुस २६, २०७५ बिहिबार १९:१४:२४ | एजेन्सी
unn.prixa.net

तीनजना छोराछोरीकी आमा मेरी कोमको उमेर जतिजति बढ्दै छ, त्यति नै उनको उचाइ पनि बढ्दैछ ।

सन् २०१८ मा कमनवेल्थ गेम्सको स्वर्ण र पोल्याण्डमा भएको बक्सिङ च्याम्पियनसिपमा पनि च्याम्पियन भएकी कोम बक्सिङको महिलातर्फको विश्व वरीयतामा शीर्ष स्थानमा उक्लेकी छिन् ।

अन्तर्राष्ट्रिय बक्सिङ महासंघले सार्वजनिक गरेको वरीयतामा कोम पहिलो पटक शीर्ष स्थानमा पुगेकी हुन् । साथै उनी बक्सिङको वरीयतामा शीर्ष स्थानमा पुग्ने पहिलो भारतीय बक्सिङ खेलाडी बनेकी छिन् ।

४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेर यही नोभेम्बरमा पनि पदक जितेकी उनले कुल १७०० अंक ल्याउदै शीर्ष स्थानमा पुगेकी हुन् । ३६ वर्षीया कोम यही २०२० को टोक्यो ओलम्पिकमा उनले ५१ केजी तौल समूहमा खेल्ने तयारीमा छिन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया