पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र महासंघलाई हस्तान्तरण

 पुस २६, २०७५ बिहिबार १९:३८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल पत्रकार महासंघमा स्थापना गरिएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबार महासंघलाई हस्तान्तरण गरेको छ । 

पुस्तकालय तथा स्रोत केन्द्र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा निर्माण गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनआरएनएलाई धन्यबाद दिँदै पुस्तकालय निर्माणको मुख्य श्रेय पुस्तकालयको परिकल्पना तथा सुरुवात गर्नेलाइ जाने बताउनु भयो । 

उहाँले पुस्तकालय पत्रकार तथा पत्रकारिताप्रति चाख राख्ने सबैलाई उपयुक्त हुने बताउनुभयो । 

गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले विश्वका ठूला ठूला पुस्तकालयलाई अनुसरण गर्दै महासंघमा पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको निर्माण गरिएको बताउनुभयो । साथै उहाँले आगामी दिनमा यसलाई डिजिटल पुस्तकालयका रुपमा स्तरोन्नति गरिने पनि बताउनुभयो ।  

पे्रस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पढ्ने बानी छुटेकाहरुका लागि पुस्तकालय महत्वपूर्ण हुने बताउनुभयो । 

कार्यक्रममा एनआरएनएका प्रवक्ता भुषण घिमिरे तथा सल्लाहकार डा.हेमराज शर्माले पुस्तकालय पत्रकारहरुका लागि पढ्ने र अनुसन्धान गर्न महत्वपूर्ण थलो हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल लाइब्रेरी फाउन्डेसनका उपाध्यक्ष मणिराम फुयाँलले पुस्तकालयलाई आउने दिनहरुमा समेत सहयोग गरिने बताउनुभयो । 

एनआरएनएले पुस्तकालयका लागि आवश्यक फर्निचर, कम्प्युटर लगायतका सामग्री पन हस्तान्तरण गरेको छ । 
 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया