कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाडौं, वैशाख २६ – नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विवाद सभाधानको लागि ११ औं महाधिवेशनमा गठन गरेको निर्देशक समिति सक्रिय हुने भएको छ ।
संस्थापन पक्ष र अर्को समुहले आज काठमाण्डूको सुन्दरीजलमा छुट्टाछुट्टै कार्यक्रम गर्न लागेपछि पार्टी सभापति शेरबहादुर देउवाले दुवै पक्षलाई बुढानिलकण्ठमा बोलाएर छलफल गर्नुभएको हो । छलफलपछि देउवाले नेविसंघमा देखिएको विवाद समाधान गर्न नेविसंघको ११ औं महाधिवेशनमा गठन गरेको निर्देशक समिति सक्रिय बनाउने बताउनुभएको हो ।
छलफलपछि आज दुई समूहले आयोजना गरेको कार्यक्रम स्थगित गर्ने तयारी भएको छ ।