मनकामना केबलकार आज बन्द
बैशाख ७, २०८१ शुक्रबार
बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसर पारेर शुक्रबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा नगर कार्यपालिका, वडा कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको गम्भीर असहमतिका बाबजुद पृथ्वी जयन्तीमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राप्रपाबाट निर्वाचित मेयर डा. धवल शमशेर राणाले बिहीबार भएको कार्यपालिका बैठकबाट नेपाली कांग्रेस र संघीय समाजवादी फोरमको समर्थनमा बहुमतका आधारमा बिदा दिने निर्णय गराउनुभएको हो ।
३३ सदस्यीय नगर कार्यपालिका बोर्डमा नेकपाका सबैभन्दा बढी १२ जना सदस्य छन् । यसैगरी २३ वडामध्ये सबैभन्दा बढी नेकपाले १० वडा जितेको छ । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन गरिएको हतारको निर्णयमा आफूहरुले सामूहिक रुपमा नोट अफ् डिसेन्ट लेखेको उप–महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । वडा नम्बर १८ का अध्यक्ष दीपक वर्माले नेकपाले जितेका सबै वडामा शुक्रबार वडा कार्यालयले नियमित कामकाज गर्ने बताउनुभयो ।
संघीय सरकार र प्रदेश सरकारले सार्वजनिक बिदा नदिएको अवस्थामा स्थानीय बिदा दिइँदा शैक्षिक संस्था मात्रै बन्द हुने भएका कारण आफूहरुले असहमति जनाएको वडाध्यक्ष वर्माले बताउनुभयो ।