रुखबाट खसेर एक बालिकाको मृत्यु

 पुस २७, २०७५ शुक्रबार ११:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका – १ खिरसैनमा एक बालिकाको रुखबाट खसेर ज्यान गएको छ । 

रुखबाट खसेर गम्भीर घाइते भएकी १२ वर्षीया लक्ष्मी खड्कालाई उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

घाइते बालिकाको जिल्ला अस्पताल डोटीमा उपचार हुन नसकेपछि दिपायलमा रहेको शैलेश्वरी अस्पताल रिफर गरिएको थियो । अस्पताल पुर्याउँदा बालिकाको ज्यान गइसकेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक आईजंग कुँवरले जानकारी दिनुभयो । 

गाईवस्तुका लागि घाँस काट्नका रुखमा चढेकी बालिका रुखबाट खसेकी हुन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया