‘डीएसपी हूँ’ भन्दै आपराधिक गतिविधि गर्दै हिँड्ने व्यक्ति पक्राउ

 पुस २७, २०७५ शुक्रबार १४:४८:१८ | उज्यालो सहकर्मी

काठमाण्डाै - नेपाल प्रहरीको डीएसपी हूँ भन्दै अपराधिक गतिविधि गर्दै आएका भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा शुक्रबार  पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले बहालवाल डीएसपी हूँ भन्दै काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रको होटल, रेष्टुराहरुमा धाक धम्की दिँदै अपराधिक गतिविधि गर्दै आएका थापालाई बिहीबार राति ११ बजे कमलादीमा रहेकाे तिरुपति होटलको २०३ नम्बरकाे काेठाबाट पक्राउ गरेको हो ।

बहालवाला डीएसपी हूँ भन्दै होटल तथा रेष्टुराहरुमा खाएको खानाकोसमेत पैसा नतिर्ने र महिलाहरुमाथि दुर्व्यवहारसमेत गर्दै आएको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेका थापा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । प्रहरी नायव उपरीक्षक बोगटीले उनलाई डिएसपी हूँ भन्दै कीर्ते गरेको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको बताउनु भयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया