निजी विद्यालय बन्द गरेर सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुध्रँदैन : पूर्व राष्ट्रपति

 पुस २७, २०७५ शुक्रबार १५:४२:३४ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले नेपालको शिक्षा क्षेत्र सुधारको जिम्मा सरकार र स्थानीय समुदायले लिनु पर्ने बताउनु भएको छ । 

८० प्रतिशत नागरिकले स्तरीय शिक्षा पाउने वातावरण नभएको भन्दै उहाँले यसको सुधार गर्ने मुख्य जिम्मा राज्यको रहेको बताउनुभयो । दाङमा शान्तिसुधा माध्यमिक विद्यालयको रजत जयन्तीलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले नेपालको शिक्षा क्षेत्र सुधारको जिम्मा तीन तहका सरकार र स्थानीय समुदायले ल्याउनु पर्ने बताउनु भएको हो । 

उहाँले निजी क्षेत्रले सञ्चालन गरेका विद्यालय बन्द गरेर सामुदायिक विद्यालयको शिक्षा नसुध्रिने भन्दै निजी क्षेत्रलाई नियमन गर्दै राज्य र समुदायको पहलमा सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नुपर्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया