संसदमा कुर्सी भाँच्ने र बस जलाउने गरे मात्रै प्रतिपक्षको भूमिका देखिने हो ? : कांग्रेस नेता सिंह

 पुस २७, २०७५ शुक्रबार १५:५६:१४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार संसदीय व्यवस्था नभई कुनै एकदलको जस्तो देखिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले शुक्रबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले सरकारले गर्ने निर्णयहरु नागरिकप्रति उत्तरदायी भएनन् ।

उहाँले पारदर्शिताको माग भइरहेका बेला वर्तमान सरकारले गरेका निर्णयले सरकार नै अपारदर्शी भएको पुष्टि गरिरहेको बताउनुभयो । ‘विकास निर्माणका काममा पारदर्शी हुनपर्नेमा ५० अर्बभन्दा बढीका प्रोजेक्टहरुलाई प्रक्रियामा नलगी प्रधानमन्त्रीले आफँै दिन पाउने व्यवस्था आफैँमा अपादर्शी छ’, उहाँले भन्नुभयो, ‘यसले सरकारले मनोमानी रुपमा नगारिकलाई वास्ता नगरि काम गरिहेको देखाउछ ।’

यस्तै प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद र राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निभाइरहेको बताउनुभयो । उहाँले संसदमा कुर्चि भाचेर वा तोडफोड गरेर मात्रै प्रतिपक्षको भूमिका नदेखिने बताउनुभयो ।

‘वर्तमान राष्ट्रिय मुद्दा र उठेका विषयमा संसदीय दलका नेताले स्पष्ट रुपमा आधिकारिक धारणा राख्दै आउनुभएकै त छ ।’ उहाँले भन्नुभयो, ‘के २०४८ सालमा माननीयले गरेजस्तै र्‍यालिङ भाच्नुपर्ने, माओवादीको जस्तो संसदमा कुर्सी भाच्नुपर्ने र बस जलाउनु जस्ता अराजक गतिविधि गरेर मात्रै भूमिका देखिने हो र ?’
 

अन्तिम अपडेट: चैत ७, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया