भूमिका श्रेष्ठको पुस्तक ‘तेस्रो लिङ्गीको आत्मकथा’ सार्वजनिक

 पुस २७, २०७५ शुक्रबार १८:९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – तेस्रो लिङ्गीको आत्मकथा समेटिएको पुस्तक पनि बजारमा आएको छ । 

शुक्रबार तेस्रो लिङ्गी भूमिका श्रेष्ठद्वारा लिखित ‘तेस्रो लिङ्गीको आत्मकथा’ नामक पुस्तक सार्वजनिक गरिएको हो । घोष्ट राइटिङ नेपालले बजारमा ल्याएको पुस्तकमा महिलापन बढाउन तथा पुरुषको जस्तो जुँगा बढाउन विभिन्न हर्मोनहरु सेवन गर्नु परेको उल्लेख गरिएको छ ।

हर्मोन सेवनपछि पनि स्तन भने सोचेजसरी नबढेपछि हङकङमा गएर जडान गर्नु परेको रोचक तथा तेस्रो लिङगीहरुको पीडालाई पनि पुस्तकमा समावेश गरिएको छ ।

३ सय ३५ रुपैयाँ मूल्य रहेको पुस्तक सानो साइजमा २ सय ४० पृष्ठको रहेको छ । 

पुस्तक अध्ययन गरेर ‘तेस्रो लिङगीहरुको रात्रीकालीन जीवन र गिरफ्तारी’को कहानी पनि बुझ्न सकिन्छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया